बारम्बार सोधिने प्रश्नहरू

परिवारको कुनै सदस्यको मृत्यु भएमा निजको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गरी निजलाई बीमितबाट हटाउनु पर्छ ।

कुनै बीमितको सदस्यता सक्रिय रहेको अवधि भित्र शिशुको जन्म भएमा नवजात शिशुलाई बीमित आमाको सदस्यता बहाल रहने अवधी सम्मको लागि थप योगदान रकम नलिई सेवा लिन सकिनेछ ।त्यसपछि, परिवारको स्वास्थ्य बीमा नविकरण गर्ने क्रममा निज शिशुलाई पनि परिवार सदस्य सरह आबद्ध गर्न सकिनेछ ।

महिला स्वास्थ्य स्वयंसेविकाको परिवारको दर्ता तथा नविकरण गर्न लाग्ने योगदान रकमको ५०% छुट दिने व्यवस्था रहेको छ ।

अति गरिब, अति अशक्त अपाङ्गता, कुष्ठरोगी, HIV संक्रमित, जटिल खालका क्षयरोगी (MDR-TB) र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई कार्यक्रममा निःशुल्क आबद्ध गरिन्छ ।

७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मात्र उपयोग गर्ने गरी एक लाख सम्मको सुविधा रहने गरी बीमा कार्ड निःशुल्क बनाउन पाईने व्यवस्था छ । ज्येष्ठ नागरिकको आफ्नो एक लाख सम्मको सुविधा प्रयोग गरी सकेपछि आवश्यक परेमा बाँकी परिवारको सदस्य बापतको सेवा सुविधा पनि उपयोग गर्न सकिन्छ ।

सक्छ, बीमितले “नागरिक एप” तथा स्वास्थ्य बीमा बोर्डद्वारा सञ्चालित “Hib Profile” नामको Application Play store/ App Store बाट डाउनलोड गरी कार्डको म्याद सकिने मिति, प्रथम सेवा विन्दु तथा सञ्चित रकम (Current Balance) जस्ता विषयहरु आफैले हेर्न मिल्छ ।

स्वास्थ्य बीमाको सेवा बिस्तारै डिजिटल बनाउदै लगिनेछ तर हाल सम्मको नियम भने स्वास्थ्य बीमा कार्ड लिएर मात्र स्वास्थ्य सेवा लिन पाईनेछ । हराएको स्वास्थ्य बीमा कार्ड पुनः बनाउन नजिकको बीमा बोर्डको जिल्ला सम्पर्क शाखा कार्यालयमा निवेदन दिई रु ५०/- दस्तुर बुझाई प्रतिलिपि बनाउन पाईन्छ । साथै नागरिक एप, HIB Profile लगायतका Digital Card बाट पनि निर्माण हुने परिचय पत्रबाट पनि सेवा उपलब्ध गर्न सकिन्छ ।

स्वास्थ्य बीमा बोर्डसँग सेवा प्रदायक संस्थाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरु बमोजिम सम्झौता हुने हुँदा सम्बन्धित स्वास्थ्य संस्थाले तोकिए बमोजिमको स्वास्थ्य सेवा उपलब्ध गराउनु सेवा प्रदायक संस्थाको कर्तव्य हो । सेवा प्रवाह सम्बन्धित कुनै गुनासो आएमा कार्यालयको टोल फ्री नं: १६६०-०१-११२२४ सम्पर्क गरी वा बोर्डको ईमेल feedback@hib.gov.np मा जानकारी लिन एवम् गुनासो गर्न सकिन्छ ।साथै सेवाग्राहीलाई आवश्यक स्वास्थ्य सेवा संस्थामा उपलब्ध नभए रोगको प्रकृति र गाम्भिर्यता हेरी अधिकार प्राप्त स्वास्थ्यकर्मीले रिफर गरेको संस्थामा गई सेवा लिन पाईने व्यवस्था गरिएको छ ।

प्रथम सेवा विन्दुमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध नभएमा स्वास्थ्य बीमामा आबद्ध प्रेषण केन्द्रमा (Referral Center) सोही प्रथम सेवा विन्दुबाट प्रेषण पुर्जि (Refer Card ) लिई उपचार लिन जानु पर्नेछ । एक पटक प्रेषण भई आएका बिरामीहरुलाई सोही रोगको Follow-up का लागि पुनः प्रेषण पुर्जि लिई रहन नपर्ने प्रावधान छ ।

प्रथम सेवा विन्दु नजिकको स्वास्थ्य संस्थामा बनाई सेवा लिदा स्वास्थ्य सेवा उपभोग लाग्ने समयको बचत हुने, यातायात खर्च कम हुने, समयमै उपचार पाइने र सबै बीमित सामान्य उपचारका लागि पनि विशिष्टकृत अस्पतालमा जाँदा विरामीको चाप समेत अत्याधिक बढी भई स्वास्थ्य सेवा सहज रुपमा उपभोग गर्न नसकिने हुदा यो प्रावधान राखिएको हो । तर बोर्डले प्रथम सेवा विन्दुको रुपमा सूचीकृत गरेका देश भरका जुनसुकै प्रथम सेवा विन्दुबाट पनि प्रथम सेवा वापतको सेवा सुविधा भने लिन मिल्छ। उक्त स्वास्थ्य संस्थामा सेवा अपुग भएमा नजिकको स्वास्थ्य संस्थामा प्रेषण लिई स्वास्थ्य सेवा लिन मिल्छ ।

स्वास्थ्य बीमा बोर्डसँग नियमानुसार तोकिए बमोजिमको स्वास्थ्य सेवा प्रवाह गर्न सम्झौता गरी बीमितलाई स्वास्थ्य उपचार दिने बीमितको घरबाट सबै भन्दा नजिकको सरकारी स्वास्थ्य सेवा प्रदायक सस्था बुझ्नु पर्छ।आकस्मिक अवस्थामा भने स्वास्थ्य बीमा बोर्डमा आबद्ध जुनसुकै सेवा प्रदायक संस्थावाट पनि सेवा लिन सकिन्छ।

घरमुलीको जुन स्थानमा बसोबास छ सोही स्थानको दर्ता सहयोगीलाई सम्पर्क गरी स्वास्थ्य बीमा गर्नुपर्छ । यसरी स्वास्थ्य बीमा गर्दा जो जहाँ बसोबास गर्नुहुन्छ सोही स्थानको नजिकको प्रथम सेवा विन्दु बनाउन सकिनेछ ।

सम्बन्धित वडाको दर्ता सहयोगीद्वारा मात्र स्वास्थ्य बीमा बनाउन पाईने हुँदा आफ्नो वडाको दर्ता सहयोगी मार्फत मात्र आबद्ध हुन पर्नेछ ।

दर्ता सहयोगीहरुले संकलित रकम तोकिए बमोजिम बैंक दाखिला गरी कार्यालयमा रसिद र बैंक भौचर बुझाउनु पर्ने हुँदा हिनामिना हुने सम्भावना हुँदैन । वडा अध्यक्षको संयोजकत्वमा गठन भएको समितिले सम्बन्धित वडाको व्यक्तिलाई स्वास्थ्य बीमा दर्ता सहयोगीको रुपमा नियुक्ति गर्ने हुँदा यस प्रकारको कुनै समस्या देखिएमा तत्काल वडा कार्यालयमा वा स्वास्थ्य बीमा बोर्डको कार्यालयको टोल फ्री नं: १६६०-०१-११२२४ सम्पर्क गरी वा बोर्डको ईमेल feedback@hib.gov.np मा जानकारी लिन एवम् गुनासो गर्न सकिन्छ । यदि दर्ता सहयोगीले उक्त रकमको हिनामिना गरेको प्रमाणित भएमा प्रचलित कानून बमोजिम कारबाही गरी निजबाट बीमितको रकम असुलउपर गरी बीमा कार्डलाई क्रियाशिल गरिनेछ ।

स्वास्थ्य बीमाको फारम भर्न र फोटो खिच्न तथा स्वास्थ्य बीमाका बारेमा बुझ्नलाई हरेक वडामा एक एक जना स्वास्थ्य बीमा दर्ता सहयोगीहरु हुन्छन्।दर्ता सहयोगीहरु घर घरमा गई स्वास्थ्य बीमा गर्ने व्यवस्था छ । यद्यपी स्वास्थ्य बीमा दर्ता सहयोगीहरुसँग सम्पर्क हुन नसकेमा आफ्नो वडा कार्यालयमा गई स्वास्थ्य बीमा दर्ता सहयोगीलाई सम्पर्क गर्न सकिनेछ । नविकरणको लागि भने बीमा दर्ता सहयोगी मार्फत वा विद्युतीय माध्यमद्वारा (जस्तै Nagarik App, Connect-IPS, e-Sewa, Khalti) पनि गर्न सकिनेछ ।निरन्तर सेवा प्राप्तिको लागि जुन चक्रमा आबद्धता भएको हो सोहि चक्रमा कम्तिमा एक महिना अगावै नविकरण गर्नु पर्ने छ ।

सहभुक्तानी (Copayment) भनेको स्वास्थ्य बीमा मार्फतको सेवा लिंदा तोकिएको सेवाको लागि लाग्ने खर्चको १०% र २०% बीमित आफैले तिर्नु पर्ने व्यवस्था हो । सहभुक्तानी (Copayment) लक्षित वर्ग र सरकारले समय समयमा तोकेका समूह र वर्ग वाहेकका सवै बीमितलाई लागू हुन्छ । १५ शैया भन्दा माथिका सेवा प्रदायक स्वास्थ्य संस्थामा मात्र सहभुक्तानी लागू हुन्छ भने निःशुल्क निदानात्मक तथा उपचारात्मक सेवाहरु, प्रबर्द्धनात्मक सेवा जस्तै योग तथा व्यवहार परिवर्तन सम्बन्धीका सेवाहरु, आधारभूत स्वास्थ्य सेवाका औषधी तथा प्रोस्युडरहरु र आकस्मिक अवस्थाको सेवामा भने सहभुक्तानी (Copayment) लागू हुदैन । १०% सरकारी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिदा लागु हुन्छ भने २०% सरकारी सेवा प्रदायक संस्थाहरु भन्दा अन्यबाट सेवा लिएमा लागु हुन्छ, बाँकी अन्य व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी (Copayment) प्रणाली लागू गर्ने कार्यविधि, २०८० बमोजिम हुन्छ ।

स्वास्थ्य बीमाको सिद्धान्त अनुसार व्यक्ति बिरामी भईसकेपछि मात्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने प्रवृति बढ्ने भएकोले यसलाई न्यूनिकरण गर्ने उदेश्यले यो सदस्यता दर्ता चक्रको व्यवस्था गरिएको हो ।

यस कार्यक्रममा जुनसुकै समयमा सदस्य बन्न सकिन्छ तर सेवा प्राप्त गर्न निम्नानुसार तोकिए बमोजिमको समय सिमा देखि सुरु हुन्छ । कार्यक्रमको सदस्यता दर्ता चक्र सेवा क्रियाशील हुने मिति नवीकरण गर्नु पर्ने मिति बैशाख महिनामा आबद्धता असार १ गते देखि अर्को वर्ष बैशाख जेठ महिनामा आबद्धता साउन १ गते देखि अर्को वर्ष जेठ असार महिनामा आबद्धता भाद्र १ गते देखि अर्को वर्ष असार साउन महिनामा आबद्धता असोज १ गते देखि अर्को वर्ष साउन भाद्र महिनामा आबद्धता कार्तिक १ गते देखि अर्को वर्ष भाद्र असोज महिनामा आबद्धता मंसिर १ गते देखि अर्को वर्ष असोज कार्तिक महिनामा आबद्धता पुष १ गते देखि अर्को वर्ष कार्तिक मंसिर महिनामा आबद्धता माघ १ गते देखि अर्को वर्ष मंसिर पुष महिनामा आबद्धता फागुन १ गते देखि अर्को वर्ष पुष माघ महिनामा आबद्धता चैत्र १ गते देखि अर्को वर्ष माघ फागुन महिनामा आबद्धता बैशाख १ देखि अर्को वर्ष फागुन चैत्र महिनामा आबद्धता जेठ १ देखि अर्को वर्ष चैत्र

स्वास्थ्य बीमामा रहने सेवा सुविधा रकम प्रयोग नभएको खण्ड अर्को वर्षमा प्रयोग गर्न पाईदैन । वर्षको अन्त्य सम्म पनि उक्त सेवा उपभोग नभएको वा बाँकी रहेको खण्डमा यो रकम फिर्ता नभई सामाजिक योगदानमा ऐक्यबद्धता स्वरुप स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका अन्य सदस्यहरुको उपचारमा खर्च हुनेछ ।

स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध हुने सुविधा रकम बीमितलाई नगद उपलब्ध हुदैन । बीमितले आफ्नो स्वास्थ्य बीमा परिचयपत्र प्रयोग गरी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा लिनुपर्नेछ र सो स्वास्थ्य सेवा लिए बमोजिमको रकम बीमितको तोकिएको सुविधा रकमबाट घट्दै जानेछ ।

स्वास्थ्य बीमा अन्तर्गत तोकिएका रकमहरु समय अगाबै धेरै उपचार गर्नुपरेका कारण सकिएमा पुनः नविकरण गर्नुपर्ने समय अगाबै शुल्क तिरेर पनि नविकरण गर्न पाइदैन ।

सामान्य बिरामीको हकमा चिकित्सकले लेखे (Prescribe) बमोजिमको ‍औषधिको उपलब्धता हुन्छ भने नियमित औषधी सेवन गरिरहेका बिरामीको (Chronic Diseases ) हकमा एकै चोटि ३ महिना सम्मका लागि औषधी दिईन्छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बीमितहरु मध्ये क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरको रोग लागेका व्यक्तिले मात्र सेवा लिने गरी चिकित्सकको सिफारिस, स्थानीय तहको सिफारिस र निवेदन सहित स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयमा मार्फत कागजात पेश भएमा थप एक लाख रुपैयाँ सम्मको सुविधा प्राप्त गर्न सकिन्छ ।

स्वास्थ्य बीमाद्वारा तोकिएको सेवा रकम परिवारको सबै बीमित सदस्यहरुको लागि एकमुस्ट रकम हो तर एकै व्यक्तिलाई उपचारको आवश्यकता परेको अवस्थामा पनि प्रयोग गर्न सकिनेछ ।

स्वास्थ्य बीमामा आबद्ध भए पश्चात ५ सदस्य परिवार सम्मको एक परिवारले रु.१,००,०००/- सम्म र सो पश्चात थप हुने प्रति सदस्य रु.२०,०००/- गरी अधिकतम रु.२,००,०००/- सम्मको स्वास्थ्य उपचार सेवा पाईन्छ । परिवार सदस्य योगदान रकम सुविधा सीमा १) १ जना देखि ५ जना सम्म) रु.३,५००/- रु.१,००,०००/- २) ६ जना सदस्यको परिवार रु.४,२००/- रु.१,२०,०००/- ३) ७ जना सदस्यको परिवार रु.४,९००/- रु.१,४०,०००/- ४) ८ जना सदस्यको परिवार रु.५,६००/- रु.१,६०,०००/- ५) ९ जना सदस्यको परिवार रु.६,३००/- रु.१,८०,०००/- ६) १० जना सदस्यको परिवार रु.७,०००/- रु.२,००,०००/- ७) ११ जना सदस्यको परिवार रु.७,७००/- रु.२,००,०००/- ८) १२ जना सदस्यको परिवार रु.८,४००/- रु.२,००,०००/-

एकाघर परिवारमा एक देखि पाँच जना सम्म जति भए पनि रु.३,५००/- नै शुल्क लाग्छ ।

स्वास्थ्य बीमामा आबद्ध हुन प्रति परिवार (५ जनासम्म) रु.३,५००/- वार्षिक रुपमा योगदान रकम तिर्नुपर्ने छ र पाँच जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य रु.७००/- का दरले शुल्क लाग्नेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा तोकिएको योगदान रकम अग्रिम रुपमा भुक्तानी गरी आबद्ध भए पश्चात बीमितले स्वास्थ्य बीमा कार्यक्रमद्वारा सूचिकृत गरिएका स्वास्थ्य संस्थामा गई तोकिएका स्वास्थ्य सेवाहरु नियमानुसार लिन सकिने छ भने बीमितलाई फाईदा निम्नानुसार हुनेछन्, • स्वास्थ्य सेवामा पहुँचको वृद्धि हुने, • उपभोगको दरमा वृद्धि हुने, • स्वास्थ्य जोखिम कम हुन गई भविष्यमा हुने स्वास्थ्य उपचार खर्च घट्ने र • स्वस्थ जनशक्ति तयार भई व्यक्तिगत उत्पादकत्व वृद्धि हुने तथा राष्ट्रिय अर्थतन्त्रमा सुधार हुने ।

स्वास्थ्य बीमा भनेको नेपाल सरकारद्वारा संचालित सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको कार्यक्रम हो । जहाँ स्वास्थ्य सेवा उपयोगको क्रममा हुने आर्थिक जोखिम न्यूनीकरण गर्न व्यक्तिगत खर्च घटाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्न सञ्चालित योगदानमा आधारित वित्तीय संरक्षण गर्ने गरिन्छ ।